Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध


    सोमबार, असोज ५ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान नपाइने भएको छ।

    आज सोमबारदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष केपी शर्मा ओलीले मोबाइल निषेध गरिएको जानकारी दिएका हुन्।

    ‘कसैको पनि मोबाइल नबजोस्, स्वीच अफ मै राम्रो हुन्छ। आजको लागि भइहाल्यो, छोडिदिउ, भोलिदेखि हामी बाहिर राख्ने व्यवस्था गर्छौँ,’ ओलीले भने, ‘बैठकभित्र मोबाइल हेर्ने, चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन। त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ।’

    उनले केन्द्रीय सदस्यलाई आफ्नो राजनीतिक प्रतिवेदन अध्ययन गर्न दिएका छन्। प्रतिवेदन अध्ययन गरेर तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय निर्धारण गरिएको बताए।

    उनले भोलियन्टरयलाई पनि तटस्थ रहन निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार