Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते


    सोमबार, असोज ५ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।

    त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७१ नम्बरको बसमा आगलागी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    आगलागीमा बसका चालक २५ वर्षीय दावा लामा जलेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    प्रहरीका अनुसार बसमा आगलागी भएको सूचना प्राप्त भए पनि आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार