Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन प्रचण्ड रुकुममा


    मंगलबार, चैत्र २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम गएका छन् । 

    प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    पश्चिम आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।  ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।

    ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार