Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • धनुषाबाट प्रतिबन्धित पटाकासहित १८ लाख बढीका अवैध सामान बरामद


    सोमबार, असोज ५ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा । धनुषाबाट १८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरी–पैठारीका सामान बरामद गरेको छ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा, मातहतका सुरक्षा वेश तथा नेपाल प्रहरीको संयुक्त टोलीले आज (सोमबार) धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५, सिन्धुली टोलस्थित एक घरमा छापा मारी उक्त सामान बरामद गरेको हो।

    सुरक्षा टोलीले घरबाट इलेक्ट्रिक सामान, पम्पकिन सिड, किराना सामग्री तथा सरकारले प्रतिबन्ध लगाएका विभिन्न प्रकारका पटाकासहित  १८ लाख १६ हजार १२० बराबरका सामान बरामद गरेको जनाएको छ।

    बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। ती सामान कसले, कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार