Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाल पक्षका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही


    मंगलबार, चैत्र २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी  कारवाही गरेको छ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।

    उनीहरूले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेको भन्दै कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

    उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार