Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भदौमा ३३ करदाताले पाए उपहार, दुई जनालाई १० लाख


    बिहिबार, असोज १ २०८३
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको नतिजा सार्वजनिक भएको छ। स्थगित भएको उपहार घोषणा कार्यक्रममार्फत भदौका ३३ जना विजेता सार्वजनिक गरिएको हो।

    कार्यक्रमअन्तर्गत दुई जना विजेताले बम्पर उपहारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै, अन्य ३१ जना विजेताले जनही १ लाख रुपैयाँका दरले उपहार पाएका छन्।

    भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। स्थगित कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिएको हो।

    यससँगै भदौ महिनाका लागि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कुल ३३ जना विजेताको नाम सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार