Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले मंगलबार राजीनामा दिने


    सोमबार, चैत्र २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन् ।

    यसअघि आइतबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मन्त्रीहरूले आजसम्म राजीनामा दिने बताएका थिए।

    प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भोलि बस्ने संसदीय दलको बैठकअघि आफूहरूले राजीनामा दिने बताएका छन् ।

    शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार