Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नु नौटंकी हो : सांसद शाही


    सोमबार, चैत्र २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नु नौटंकी भएकाे बताएकी छन् ।

    सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् ।

    ‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।

    उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको भन्दै सरकारी निवास बालुवाटार पनि छाडेर निजी निवास बालकोट जानु उचित हुने सुझाव दिइन् ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार