काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृतरथी प्रदीपजंग केसीले सिग्देललाई बिदाइ गरेका थिए।
प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमणमा निस्किएका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।
सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। ४५ औँ प्रधानसेनापति सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स पूरा गरेका थिए। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास हुँदै आएको छ।
यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन्। स्रोतका अनुसार करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध,सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend