काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरेको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिए।
यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको छ।
सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले प्रतिसिलिन्डर दुई हजार ८०० मा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निजको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डर जफत गरिएको छ।
काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend