बिराटनगर। प्रदेश १ सभाको सोमबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका बहुसंख्यक प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेकाले अब यसको औचित्य छैन,’ उनले भने, ‘त्यसैले प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेर यो विषय टुंग्याउँछौं ।’
तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा पुस १२ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो । अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गराउनुपर्छ । अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ ।
अविश्वास प्रस्ताव पेस भएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभालाई बिजनेस दिन चाहेको छैन । हालसम्म एउटा मात्रै विधेयक प्रदेशसभामा दर्ता भएको छ । अविश्वास प्रस्ताव फिर्ता भएपछि मात्रै प्रदेशसभालाई बिजनेस दिने सरकारको तयारी छ ।
प्रदेशसभा सचिवालयले बैठकमा माओवादी केन्द्रका लागि छुट्टै कुर्सीको व्यवस्था गरिसकेको छ तर कानुनी र प्रक्रियागत कारणले सोमबार दिउँसो २ बजेको बैठकमा सत्ता पक्षमै बस्ने माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोले बताए । (कान्तिपुर दैनिकबाट)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend