Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रद्वारा न्यौपाने र पन्थीलाई कारबाही


    आइतबार, चैत्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल ।  नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) लाई माओवादी केन्द्रले कारबाही गरेको छ ।

    एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको स्रोतले बताएकाे छ ।

    ‘संसदीय दलले कारबाही गरेको जानकारी पार्टी केन्द्रीय कमिटीलाई दिएको र केन्द्रीय समितिले पनि कारबाहीलाई अनुमोदन गरेपछि दुवै पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएकाे छ ।  माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद खारेज हुन्छ । 

    सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्र संसदीय दल र पार्टी केन्द्रीय समितिले कारबाही गरेको पत्र प्राप्त भइसकेकाे स्रोतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार