Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षका मन्त्रीहरुद्धारा केही दिनमै राजीनामा दिने प्रतिवद्धता, मुख्यमन्त्री शाहीको सरकार धरापमा


    आइतबार, चैत्र २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बसेको संसदीय दलको बैठकमा कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमाले माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

    मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा पर्ने भएकाे छ ।

    शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो। आइतबार नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि उनी अल्पमतमा पर्ने भएका छन।

    एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार