काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट भदौ १९ गते सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ ।
उक्त पेस्तोल तथा चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट भुईयाफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
सोही स्थानको बाटोको छेउको झाडीमा मानिस बोलेको आवाज सुनेपछि सो टोलीले टर्चलाइट बालेर हेर्दा केही व्यक्तिहरु फरार भएपछि उक्त स्थानमा खानतलासी गर्दा कालो प्लाष्टिकले बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल तथा अन्दाजी १ किलो चरेश फेलापारेको हो ।
बरामद पेस्तोल तथा चरेश आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ...
काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट भदौ २० गते बिहान सशस्त्र प्रहरीले करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस...
काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार...
काठमाडौँ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। शुक्रबार राति करिब ८:४५ बजे प्रहरी चौकी धोरे र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend