सर्लाही । सशस्त्र प्रहरी बल नेपालका केही प्रहरी कर्मचारीमाथि सर्लाहीमा ‘घुमुवा आतंक’ मच्चाएको आरोप लागेको छ । जिल्लाका विभिन्न नाका, बजार क्षेत्र तथा राजमार्ग आसपासमा खटिने सशस्त्र प्रहरीले भन्सार छली नियन्त्रणको नाममा सर्वसाधारण र व्यवसायीलाई अनावश्यक दुःख दिने, रकम असुल्ने तथा धम्क्याउने काम बढाएको भन्दै स्थानीय व्यवसायी त्रसित बनेका छन् ।
सीमावर्ती क्षेत्रसँगै बरहथवा, हरिवन, लालबन्दी र ईश्वरपुरका सडकखण्डमा खटिएका सशस्त्र प्रहरी कर्मचारीले सवारीसाधन रोकेर चालक तथा व्यापारीसँग रकम माग्ने गरेको स्रोतको दाबी छ । रकम दिन अस्वीकार गरे सामान नियन्त्रणमा लिने, राजस्व छलीको मुद्दा लगाइदिने र हिरासतमा राख्ने धम्की दिने गरिएको व्यवसायीहरूको आरोप छ ।
नाम नखोल्ने सर्तमा एक व्यापारीले नेपालफेसलाई दिएको जानकारीअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण मा कार्यरत सहायक हवल्दार अरुण झा, सशस्त्र प्रहरी बल नेपाल बेस फरहदवामा कार्यरत हवल्दार मकेन्द्र महतो तथा बीओपी संग्रामपुरमा कार्यरत वरिष्ठ हबल्दार गंगाराम भाटले भन्सार काटेर ल्याइएको सामानसमेत नियन्त्रणमा लिएर दुःख दिने गरेका छन् ।
व्यापारीका अनुसार २०८३ वैशाख ३१ गते फुलजोर–त्रिभुवननगर सडकखण्डबाट ना १ ह ९९५० नम्बरको अटो र केही स्टिलका सामान ती प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
‘कमिसन नदिनेको सामान नियन्त्रणमा लिने र कमिसन बुझाउनेको सामान छुटाउने काम भइरहेको छ’ ती व्यापारीले भने । स्रोतका अनुसार सामानसहित अटो र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर नम्बर १० गण सर्लाहीमा लगिएको थियो । तर पछि आर्थिक चलखेलमार्फत् व्यक्तिलाई छाडिएको आरोपसमेत लागेको छ ।
यता, सशस्त्र प्रहरी बल नेपालले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति बनाए पनि व्यवहारमा भने गणदेखि बीओपी तहसम्म सादा पोशाकमा प्रहरी परिचालन गरेर तस्करी लाइन सञ्चालन भइरहेको आरोप स्थानीयको छ ।
स्रोतका अनुसार नम्बर १० गण सर्लाहीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक अम्बरबहादुर खत्रीको निर्देशनमा सहायक हबल्दार अरुण झा, हवल्दार मकेन्द्र महतो र वरिष्ठ हबल्दार गंगाराम भाटलाई ‘घुमुवा’ का रूपमा परिचालन गरिएको दाबी गरिएको छ ।
स्रोतले अरुण झाले आफूलाई ‘माथिल्लो तहसम्म पहुँच भएको व्यक्ति’ भन्दै खुलेआम प्रभाव देखाउने गरेको आरोपसमेत लगाएको छ । सीमा नाकाबाट कुन व्यापारीले कुन सामान ल्याउँछन् र नेपालबाट भारततर्फ के–कस्ता सामान पठाइन्छ भन्ने सम्पूर्ण सूचना आफूलाई हुने भन्दै उनले धाक लगाउने गरेको स्रोतको भनाइ छ ।
यद्यपि, आरोपबारे बुझ्न खोज्दा सम्बन्धित सशस्त्र प्रहरी अधिकारीहरूको प्रतिक्रिया प्राप्त हुन सकेन । व्यवसायीहरूले भने घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend