काठमाडौँ। नयाँ सरकार गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) यता न उता (अन्यौल) भएको छ ।
कहिले माओवादी केन्द्रसँग मिल्न मिल्न खोजेको जस्तो देखिने त कहिले कांग्रेससँग नजिक देखिएको जसपा यतिबेला पुन: प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको बुझिन्छ ।
पार्टीभित्र दुई धारमा रहेका जसपाका शीर्ष नेताहरुबीच नै तालमेल नमिल्दा ठोस निर्णय भने लिन नसकेको एक नेताले बताउछन्।
यसैबीच केहीदिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई साथ दिने संकेत गरेका थिए। तर ठाकूरको उक्त भनाइमा भने पार्टीभित्रका अन्य नेताहरु भने सहमत रहेको देखिदैनन्।
अध्यक्ष ठाकुरको उक्त आशयलाई लिएर बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी प्रस्तुत गरेका छन्।
संग्रौलालाले लेखेका छन्, ‘६२/६३को आन्दोलनमा बिरालाको घाँटीमा घण्टी बाँध्दै महन्थ ठाकुर दरबारविरूध्द गर्जिँदा ओली सरले महन्थलाई गिज्याउँदै बयलगाडे सिध्दान्त रचेका थिए । अहिले उनै महन्थ उनै ओली उग्र मधेशविरोधी ओली सरका चरणमा शरण परेर निजको सरकार जोगाउन लागिपय्रा छन् भन्ने सुन्दा गाँठ्ठे, लाजै मर्नु भो ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend