भरतपुर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
उहाँले योग तथा प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गर्नुभएको हो । चितवनका जिल्लास्तरीय नेताहरूसहित बागेश्वरी पुग्नुभएका मन्त्री ज्ञवालीले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुका साथै उपचाररत बिरामीसँग कुराकानी गर्नुभएको थियो ।
सोही अवसरमा चिकित्सालयको विकासका लागि निर्माण गरिएको गुरुयोजनाबारे मन्त्री ज्ञवालीलाई जानकारी गराइएको थियो । झण्डै रु ४८ करोड बढी बजेट लाग्ने अनुमान गरिएको गुरुयोजनाबारे जानकारी लिएपछि मन्त्री ज्ञवालीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले जानकारी दिनुभयो ।
सो क्रममा मन्त्री ज्ञवालीले यस क्षेत्रलाई योग तथा प्राकृतिक उपचारको हब बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको समयमा बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय आइशोलेशनको रूपमा विकास गरिएको थियो ।
त्यहाँ गत भदौदेखि कोरोना सङ्क्रमितका लागि आइसोलेशन सेन्टरको रूपमा सेवा दिन थालिएको थियो । अहिले आइसोलेशन बन्द छ । रासस
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend