Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीद्धारा झलनाथलाई पार्टी एकता जोगाउन आग्रह


    शनिबार, चैत्र २१ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे नेता खनालको निवासमा भएको वार्तामा पार्टी एकता जोगाउन आग्रह गरेकी छन् ।

    आज  राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् ।राष्ट्रपति भण्डारीले एकीकृत पार्टी पनि नटुटोस् र सकेसम्म मिलेर जानुस् भन्दै खनाललाई सुझाव दिएकी थिइन् ।

    भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए ।

    भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

    इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपति भण्डारीले नेता खनालसँग भेटघाट गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार