Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ सरकार छिट्टै गठन हुन्छ : प्रचण्ड


    शनिबार, चैत्र २१ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

    आज (शनिवार) कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले  नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजिनामा मागेसँगै अबको केही दिनमा नयाँ सरकार बन्ने दावी गरेका हुन्।

    कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, सनेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागीसकेको छ, अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने छौं’ प्रचण्डले भने।  ‘कांग्रेसले उक्त  निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेर्ने वाला छ, सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।

    नयाँ सरकार गठनका लागि तुरुन्तै पहल गर्नुपर्ने सुझाव आएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आजै बेलुकाबाट आफुहरु लागिपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार