Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथको स्वास्थ्य अवस्था बुझ्न डल्लु जाँदै राष्ट्रपति


    शनिबार, चैत्र २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति भण्डारी नेता झलनाथ खनाललाई भेट्न डल्लु जाने भएकी छिन् । नेकपा एमालेभित्रको विवाद चर्किरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास जाने भएकी छिन् ।

    आज  दिउँसो भेटका लागि राष्ट्रपति भण्डारी डल्लुस्थित खनाल निवास जान लागेकी हुन् । खनालको स्वास्थ्य अवस्था बुझ्न  राष्ट्रपति भण्डारी डल्लु जान लागेको स्रोतले जानकारी दिएको छ । तर, एमालेमा आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रपति डल्लु जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    नेता खनालको सचिवालय स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारी दिउँसो ३ बजे खनाल निवास डल्लु पुग्ने छिन् । राष्ट्रपति भण्डारी खनालको स्वास्थ्य अवस्था बुझ्न जान लागेको बताइए पनि मुख्य उद्देश्य भनेको एमालेभित्रको विवादबारे जानकारी लिने र धारणा बुझ्नु रहेको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार