Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशलाई निकास दिन कांग्रेसले नेतृत्व लिनुपर्छ : नेता सिंह


    शनिबार, चैत्र २१ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान  सिंहले देशलाई निकास दिन नेपाली काँग्रेसले नेतृत्व लिनु पर्ने बताएका छन् ।
     केपी ओली नेतृत्वको सरकार असफल भएको  कारणले अन्योलमा रहेको मुलुकलाई निकास दिन कांग्रेस नै अघि सर्नुपर्ने अवस्था आएको नेता सिंहले बताएका छन् ।

    आज  दावाँली मिलन क्लबको १५ औं साधारण सभामा बोल्दै नेता सिंहले केपी ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्दतर्फ धकेलेकाले कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताए ।

    ‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले तीन वर्ष पनि टिकाउन सकेनन् । यो सरकार असफल भइसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ’, सिंहले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार