Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल पक्षलाई सुर्य थापाको कटाक्ष – न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै


    शनिबार, चैत्र २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सूर्य थापाले पार्टी भित्र असन्तुष्ट रहँदै समानान्तर गतिबिधि गर्दै आइरहेको माधव नेपाल पक्षलाई संयमित हुन् सुझाव दिएका छन् ।

    नेपाल पक्षले देशव्यापी अभियान घोषणा गर्न लागेकै बेला सामाजिक सञ्जालमार्फत् नेता थापाले अँध्यारो सुरुङमा नेपाल पक्ष फस्दै गएको भन्दै बिजोग हुनबाट जोगिन यस्तो सुझाव दिएका हुन्।

    अहिले नेपाल पक्षको साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति केही नभएको उल्लेख गर्दै नेता थापाले सुरुङबाट बाहिर निस्कने ठाउँ समेत नभएको समेत उल्लेख गरेका छन्। 

    उनले ट्वीटमा लेखेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन ! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !’

    https://twitter.com/ThapajiSurya/status/1378211192825475072

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार