काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।
नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी विभिन्न जिल्लामा १६२ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाढीपछि चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २६, धादिङमा २०, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा नौ, रसुवामा दुई र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ ।
बाढीमा परी ४१ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिँदा नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको र प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि नदीमा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीसहित सुरक्षा निकायका टोली परिचालन भएका छन्। सम्भावित क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend