Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता


    शनिबार, भाद्र २९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ ।

    प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।

    सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार क्रेनको सहयोगमा गाडी निकालिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार