Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘आजको दिनमा मुख्य प्राथमिकता भनेको भष्मासुर ओलीको विदाइ नै हो है !’


    शनिबार, चैत्र २१ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेर नयाँ सरकार बनाउन अग्रसरता लिने नेपाली काँग्रेसको  निर्णय सराहनीय भएको बताएका छन्।

    शुक्रवार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नयाँ सरकार बनाउने अग्रसरता लिने निर्णय गरेको थियो।

    यसैबीच, डा भट्टराईले अहिलेको मुख्य प्राथमिकता प्रधानमन्त्री ओलीको बिदाई भएको बताएका छन्।

    उनले लेखेका छन्, ‘अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

    https://twitter.com/brb1954/status/1378182641065680904

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार