काठमाडौं । रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको Disaster Relief System (DRS) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल र्पुयाउने कार्य समेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका DRS) न्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन Mass Casualty Vehicles (MCV)सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
नदी किनारा तथा जोखिमयुक्त स्थानहरुका बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत् साइरन बजाई तथा माईकिङ गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत भनिएको छ । त्यस्तै बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा वेडहरु समेत खोली राखिएको छ ।
आपतकालीन उद्धारका लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरुको सुरक्षित उडान तथा अवतरणको लागि ल्याण्डिङ जोनहरु तयार गरिएको छ ।
त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालको K9 K9 Sniffer Dogs सहितको टोली खोजी तथा उद्धारका लागि परिचालन भएको छ ।
त्यस्तै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरुमा हराईरहेका नागरिकहरुको लोकेशन पत्ता लगाउन तथा क्षति मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । विस्थापित शिविरहरुमा हैजा तथा पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरी बल नेपालले आपतकालीन खानेपानी शुद्धीकरण र औषधि वितरण कार्य शुरु गरेको छ ।
भोटेकोशी तथा त्रिशुली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्नसक्ने वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरुसँग सशस्त्र प्रहरीले निरन्तर समन्वय तथा संवाद र सूचना आदान–प्रदान गरिरहेको छ ।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले उद्धारका लागि आज...
काठमाडौं । रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६...
काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६२ पुगेको छ । नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक...
काठमाडौं । चीनको हिमताल फुटेर रसुवामा आएको बाढीले सयौं मानिसको मृत्यु भएको र हजारौं नागरिक घरबारबिहीन भएका र हराइरहेका बेला हवाई कम्पनीहरुले भने चर्को...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend