काठमाडौं । असार २२ गते अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । डुवान तथा पहिरोमा परेका घरपरिवारको सामान तथा पशु चौपायाहरुलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।
दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्दार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।
त्यसैगरी, दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षिय तुलाराम यादव र ४० वर्षिय दयाराम यादवको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला दाङबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको हो । दाङ जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदिमा पानीको बहाव बढी उनीहरुको सो नदिको दोभानमा फसेका थिए ।
त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको समेत सकुशल उद्दार गरिएको हो ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरलेसकुशल उद्दार गरेको छ । उनीहरु सो नदीमा फसेका भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्दार गण सिनामंगल र नं १८ निलबाराही गण कीर्तिपुरको सुरक्षाफौज त्यस ठाउँमा खटिएको थियो । उद्दार गरिएकाहरु हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेका छन् ।
तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बढीमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ । बाढीको कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण भानु तनहुुँबाट खटिएको २५ जना सुरक्षा फौजले डोरीको सहायताबाट उनीहरुको सकुशल उद्दार गरेको हो ।
यसैगरी तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित भुमाया अछामीको घरमुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । त्यस्तै बाढीका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरी बल नेपाल नं १५ गण काभ्रेबाट खटिएको टोलीले खुलाएको हो ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित अबरुद्ध बीपी राजमार्गमा खुलाउँदै विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीको सुरक्षा फौज परिचालन भएका थिए भने ललितपुरस्थित धापाखेलमा समेत वर्षाको कारण अलपत्र परेकाहरुको नं २१ दक्षिणकाली गणको टोलीले सुरक्षित स्थानमा सारेको थियो ।
भक्तपुर जिल्ला चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा पानी पसेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बांस र जस्तापाताले अस्थायी बार बनाएको छ ।
त्यसैगरी वर्षाको कारण उपत्यकाको डुवानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी, तारकेश्वर ईलाका, पेप्सीकोला, धोविखोल करिडोल ईलाका, महालक्ष्मी कर्मनासा खोला, धापाखेल, टिचिङ इलाकामा र नंखु इलाकामा परिचालित रहेका छन् ।
त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, समेत परिचालित भएका छन् । सो स्थानहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण काठमाडौबाट उपत्यकास्थित नं २० विपद्् उद्धार गण सिनामंगल नं २१ दक्षिणकाली गण र नं २२ गुहेश्वरी गण भक्तपुरको सुरक्षा फौज परिचालित भएका हुन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend