Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अब गृह मन्त्रालय प्रधानमन्त्रीकाे पुरानो कार्यालयमा सर्ने


    शुक्रबार, चैत्र २० २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं। गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ।

    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको हाे ।

    वि.स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालिन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

    डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेपछि गृह मन्त्रालय सर्ने भएको स्रोतले बताएकाे छ ।

    गृहमन्त्री रामबहादुर थापाले शुक्रबार गृह मन्त्रालय सर्न लागेको भवनको निरीक्षण गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार