Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संगठन सुदृढीकरणसम्बन्धी दस्तावेज बनाउँदै खनाल–नेपाल पक्ष


    शुक्रबार, चैत्र २० २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएर संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ ।

    कलंकीस्थित मेघा पार्टी प्यालेसमा ११ बजेपछि बस्ने बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने र गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना रहेकाे स्रोतले जानकारी दिएको छ ।

    ओलीको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाउन जरुरी छ भन्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित भीम रावल,घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि खनाल–नेपाल पक्ष थप आक्रोशित बनेको छ ।  

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार