Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशको फैसला: ओलीसँग जोरी खोज्नुको अर्थ प्रचण्डको जस्तो हबिगत हुनु हो, नपत्याए हेर ! : खगेन्द्र संग्रौला


    शुक्रबार, चैत्र २० २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। बिहीबार सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने भएसँगै अदालतमा पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुन: नेकपा एकता गर्ने अन्तिम प्रयास सधैका लागि बन्द भएको छ। 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना समेतको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले गत मंगलबार दिएको निवेदनमा पुनरावलोकन नगर्ने आदेश दिए सँगै प्रचण्डको अन्तिम प्रयास असफल भएको हो।

    वर्तमान समयमा अदालतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच को भन्दा को कम भने झैँ सर्वोच्चले कहिले प्रचण्ड अनुकुल त कहिले ओली अनुकुल निर्णय गरेको देखिन्छ।

    यसैबीच, मुलुकको राजनीतिक अवस्था र दलका गतिबिधिलाई नजिकबाट नियालीरहेका बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले यसबारे टिप्पणी गरेका छन्  ।

    मुलुकको पछिल्लो अबस्थालाई लिएर दलका नेताहरु माथि कटाक्ष प्रकट गर्दै आइरहेका संग्रौलाले कहिले प्रधानमन्त्रीलाइ शौचालय उद्घाटनको निम्ता दिए त कहिले प्रचण्डलाई हारेको जुवाडेको संज्ञा।

    लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् हिजो फेरि अनौठो टिप्पणी गर्दै प्रधानमन्त्री ओलीसँग निहुँ खोज्दा आज प्रचण्डले हारको सामना गर्नुपरेको उल्लेख गरेका छन्।

    उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फैसलाले ठाडो शिक्षा दिएको भन्दै जसले जगत्गुरु ओलीसँग जोरी खोज्छ, त्यसको हबिगत प्रचण्डको  जस्तो हुन्छ । नपत्याए हेर !भन्दै उल्लेख गरेका छन्।

    उनले लेखेका छन्, ‘सर्वाेच्चका महामहिम चाेलेकाे फैसलाकाे ठाडाे शिक्षा- जसले जगद्गुरू खड्गप्रसाद शर्मा ओलीसँग जाेरी खाेज्छ,त्यसकाे हबिगत पुष्पकमल दाहाल प्रचण्डकाे जस्ताे हुन्छ।नपत्याए हेर!’

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार