Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी पेश, नेकपा र राप्रपाको समर्थन


    बुधबार, भाद्र ३ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९एमाले० का किरण थापा मगरले दाबी पेश गरेका छन्।

    बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

    एमाले र नेकपा गठबन्धनबीचको भागबण्डाअनुसार, बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। एमालेले मंगलबार थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो।

    १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित थापाले बहुमतको दाबी पेश गरेका हुन्।

    यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। दाबी पेश गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार