काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि आक्रोश व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेको केही दिन नबित्दै नेताहरू पाण्डे र भुसाललाई पनि बिहीबार सोही कारबाही गरेका हुन्।
यसैका विरुद्ध नेपाल पक्षमा रहेकी नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेकी हुन्। ‘जसले पार्टी बनायो उसैलाई कारबाही’ गरेको उल्लेख गर्दै नेत्री झाँक्रीले ‘साधुलाई सुली र चोरलाई चौतारो’ स्वीकार्य नहुने चेतावनी दिएकी छन्।
‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आयो। यी सबै नक्कली र निश्चित स्वार्थका लागि थिए,’ नेत्री झाँक्री थप्छिन् ‘फेरि जसले पार्टी बनायो, उसैलाई कारबाही ! साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन।’
बिहीबार राति नेत्री झाँक्रीले कसैको बुई चढेर जे गरिँदै छ त्यो गलत गरिँदै छ। हेक्का राखौं– बुई चढ्ने लड्छ। र, षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ भन्दै चेतावनी दिएकी छिन्।
उनले लेखेकी छिन्, षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो। यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही? साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन। कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend