Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा आजकाल ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ: योगेश भट्टराई


    बिहिबार, चैत्र १९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने अध्यक्ष ओलीकाे निर्णय भद्दा मजाक भएको टिप्पणी गर्दै नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुने गरेकाे आराेप लगाएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा क्रिया दिँदै भट्टराईले लेखेका छन् ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल: विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’,‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

    एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार