Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले एमालेको चीरहरण गर्दैछन्: घनश्याम भुसाल


    बिहिबार, चैत्र १९ २०७७
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले म बस्न नपाउने कुर्ची भाँची दिन्छु भन्ने जीवन दर्शन अंगालेर पार्टीकाे चीरहरण गर्न लागेकाे आराेप लगाएका छन् । 
     
    सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले असीमित सत्ताभोग र अतृप्त तृष्णाले ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको भन्दै एउटा राम्रो पार्टीलाई ओलीले गुटमा बदलेर राज्य दोहनमा लागेकाे आराेप लगाएका हुन् ।
     
    उनले आफ्नो स्टाटस लेखेका छन् ओलीका लागि संसारमा या त चाकर छन् या शत्रु । लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ ।
     
    ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ भन्दै भुसालले स्टाटस मार्फत प्रतिबद्धता समेत जनाएका छन् ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार