काठमाडौं । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेका छन् ।
यसअघि नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका ओलीले भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर उनीहरुले पठाएकाे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएकाले पार्टीले सुध्रिनका लागि निलम्बन गरेको स्रोतले बताएको छ ।