Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • चुनावमा ओलीलाई एक्ल्याउँने नेपाल-खनाल समूहकाे अभियान


    बिहिबार, चैत्र १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले चुनावमा ओलीलाई एक्ल्याउँने भन्दै देशव्यापी संगठन बनाउने घाेषणा गरेका छन् ।  

    बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै एमालेका नेता माधवकुमार नेपालले जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरुमा पनि संगठन बनाएर ओलीलाई एक्ल्याउँने तर छुट्टै केन्द्रीय कमिटी भने नबनाउने बताएका हुन् ।

    ८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं,’ उनले भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं ।’  

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार