Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशको इजलासमा


    बिहिबार, चैत्र १९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पुनरावलोकन मुद्दा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकाे इजलासमा आज सुनुवाइ हुने भएकाे छ ।

    फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पछि सर्वोच्चकाे फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकन  हुनु पर्ने भन्दै निवेदन दिएका थिए ।

    सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ। आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।

    नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान  र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन्।?

    ‘जनादेशलाई नै खल्बल्याउने गरी भएको आदेश जनताको  मताधिकार तथा जनादेश समेतको विपरीत रहेकोले कायम रहन सक्तैन,’ उनकाे निवेदनमा उल्लेख छ ।

    ‘संवैधानिक इजलासबाट फैसला भएको १२ दिन नबित्दै उक्त फैसलाविपरीत हुने गरी भएको आदेश जे जस्तो सुकै आदेश गर्न सकिन्छ भन्ने सोचबाट भएको देखिएकोले नेपालको संविधानको धारा १२६, १२८ तथा नजिरको सिद्धान्त तथा उक्त आदेश समेतको विपरीत छ,’ उनले भनेका छन् ।

    प्रचण्डले अदालतले संवैधानिक र कानुनी प्रश्नको लक्ष्मण रेखा नाघेर राजनीतिक विषय वस्तुमा प्रवेश गरेकाे आराेप लगाउँदै कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि, कोही पनि बाँकी रहँदैन भनेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार