काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २ उपसचिव र १० शाखा अधिकृतहरुलाई जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयमा पदस्थापना भएका धनेश्वर पौडेललाई नीति योजना तथा बजेट शाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखा प्रमुखमा उपसचिव गणेश कटुवाललाई जिम्मेवारी दिइएको छ ।
शाखा अधिकृतहरु कौशल पाण्डेलाई आयुर्वेद चिकित्सालय नरदेवी, विनोद सापकोटा मन्त्रालय, महेशबिक्रम लागेजु प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखामा खटाइएका छन् ।
त्यसैगरी दशौं तहका बरिष्ठ जनस्वास्थ्य प्रशासकद्वय दयाकृष्ण पन्त र चेतननिधि वाग्लेलाई स्वास्थ्य सेवा बिभाग टेकू र राष्ट्रिय स्वाथ्य तालिम तालिम केन्द्र टेकूमा सरुवा गरिएको छ ।
नवौं तहका औषधि ब्यवस्थापकद्वय शम्भु शाह र किरणसुन्दर बज्राचार्यलाई औषधि ब्यवस्था बिभागमा सरुवा गरिएको छ । औषधि ब्यवस्थापक संगीता शाहलाई औषधि ब्यवस्था बिभाग शाखा कार्यालय बीरगञ्जमा खटाइएको छ ।
त्यसैगरी, नवौं तहका कन्सलटेन्स चेष्ट डिजिज फिजिसियन डा. बुद्धिसागर लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. दिवस सापकोटालाई नारायणी अस्पताल पर्सामा सरुवा गरिएको छ ।
काठमाडौं । मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखको दोहोरो जिम्मेवारीमा रहेका डा. नागेन्द्रकुमार यादवको भरतपुर अस्पतालमा सरुवा भएको...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले बृद्धि भएको कुरा सामाजिक संजाल फेसबुकमा राखेकोमा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले खुसी प्रकट...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालय अन्तर्गतका महाशाखा र शाखा प्रमुखको सरुवा र औषधि ब्यवस्था बिभागका केही अधिकारीको जिम्मेवारी हेरफेर...
काठमाडौँ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन। उनी लामो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार करारमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट पछि हटिसकेको छ । र, सरकारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend