काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २ उपसचिव र १० शाखा अधिकृतहरुलाई जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयमा पदस्थापना भएका धनेश्वर पौडेललाई नीति योजना तथा बजेट शाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखा प्रमुखमा उपसचिव गणेश कटुवाललाई जिम्मेवारी दिइएको छ ।
शाखा अधिकृतहरु कौशल पाण्डेलाई आयुर्वेद चिकित्सालय नरदेवी, विनोद सापकोटा मन्त्रालय, महेशबिक्रम लागेजु प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखामा खटाइएका छन् ।
त्यसैगरी दशौं तहका बरिष्ठ जनस्वास्थ्य प्रशासकद्वय दयाकृष्ण पन्त र चेतननिधि वाग्लेलाई स्वास्थ्य सेवा बिभाग टेकू र राष्ट्रिय स्वाथ्य तालिम तालिम केन्द्र टेकूमा सरुवा गरिएको छ ।
नवौं तहका औषधि ब्यवस्थापकद्वय शम्भु शाह र किरणसुन्दर बज्राचार्यलाई औषधि ब्यवस्था बिभागमा सरुवा गरिएको छ । औषधि ब्यवस्थापक संगीता शाहलाई औषधि ब्यवस्था बिभाग शाखा कार्यालय बीरगञ्जमा खटाइएको छ ।
त्यसैगरी, नवौं तहका कन्सलटेन्स चेष्ट डिजिज फिजिसियन डा. बुद्धिसागर लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. दिवस सापकोटालाई नारायणी अस्पताल पर्सामा सरुवा गरिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend