काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि सर्टलिष्टमा परेका ६ जनालाई साउन १७ गते आइतबार अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना निकालेर सर्टलिष्टमा परेका ६ जनालाई साउन १७ गते अन्तर्वार्ताका लागि बोलाएको हो ।
आयल निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएकाहरूमध्येबाट छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव गरी ६ जना छनोट भएका छन् । यीमध्येबाट ३ जनाको नाम छनोट समितिले सिफारिस गर्नेछ । र, तिनै ३ जनामध्येबाट एकलाई मन्त्रिपरिषदले निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्नेछ ।
सर्टलिष्टमा पारिएकामध्ये दीपेन्द्रकुमार देवलाई निगमको कार्यकारी निर्देशक बनाउने संभावना बढी रहेको उद्योग मन्त्रालय स्रोत बताउँछ । देव प्रधानमन्त्री वालेन्द्र शाह र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव दुबैका निकट मानिन्छन् ।
गौरीकुमारीलाई मन्त्री बनाउनमै उनको ठूलो भूमिका उनी शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत इन्जीनीयर हुन् । वालेन्द्र शाहसँग निकट रहेका उनले निकै आकर्षक नियुक्ति ताक्दैआएका थिए ।
प्रधानमन्त्री शाहको सचिवालयले उनलाई खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आग्रह गरेका थिए तर उनले अस्वीकार गरेपछि आयल निगमको प्रमुख कार्यकारी निर्देशक बनाउन लागिएको स्रोतको दाबी छ ।
आयल निगमको कार्यकारी निर्देशक बनाउन लागिएका देव शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीको इन्जिनियरमा कार्यरत हुँदा १ लाख ५० हजार रुपैयाँ घुस लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा परेका थिए ।
सुशासन कायम गर्ने चर्को नारासहित आएको सरकारले शिक्षा मन्त्रालयअन्तर्गत हुँदा घुसकाण्डमा परेका तिनै देवलाई नियुक्ति गर्ने संभावना बढेको छ ।
अख्तियारले देवसहित शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तत्कालीन सबइन्जिनियर निरजकुमार चौधरीविरुद्ध २०७६ साउन १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
काभ्रेको महाभारतका स्कुल निर्माणको भुक्तानी दिएबापतको घुस राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गराउन लगाएको पाइएपछि भगत र चौधरी पक्राउ परेका थिए । देव पनि अदालतमा हाजिर भएका थिए ।
दीपेन्द्रकुमार देवले खाद्य कम्पनीको सिइओका लागि पनि आवेदन दिएका छन् । कम्पनीको सिईओमा आवेदन स्वीकृत हुनेमा देवसहित १६ जना नाम छ ।
देव यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सीईओ (प्रमुख कार्यकारी अधिकृत) छनोट प्रक्रियामा पनि सहभागी इन्जिनियर हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाचापत्रमा राजनीतिक नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्ने उल्लेख गरेको छ । रास्वपा नेता कार्यकर्ताहरुले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोेजक रहेको समितिले लगानी बोर्डको सीइओका लागि ३ जनाको नाम सिफारिस गरेको छ । संक्षिप्त सूचीमा छनोट भएका...
काठमाडौं । नेकपा(एमाले)को विद्यार्थी संगठन अखिलको केन्द्रीय सदस्य भएको नाता जोड्दै चार बर्षसम्म सडक विभागको सबैभन्दा आकर्षक ठाउँ एशियाली बिकास बैंक(एडीबी) सडक निर्देशनालयमा बसेका...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend