काठमाडौं । विवादास्पद ब्यवसायी लिलाबहादुर लामा (टासी)लाई ११ करोड रुपैयाँ मिटरब्याजमा दिने सशस्त्र प्रहरी स्कुल(एपीएफ) कीर्तिपुरकी लेखाअधिकृत कल्पना गुरुङ पक्राउ परेसँगै लहरो तान्दा पहरो आउने भएको छ ।
गुरुङले लामालाई मिटरब्याजमा दिएको समयमा उक्त स्कुलका कमाण्डेन्ट रहेका दिग्बिजय सुवेदीदेखि अघिल्ला लेखाअधिकृत महेन्द्र हमालसम्म तानिने भएका छन् । छानबिनमा तानिने भएपछि सुदूरपश्चिममा कार्यरत डीआईजी सुवेदीले हतार हतार आफ्नो कीर्ते हस्ताक्षरमा चेक जारी भएको स्पष्टीकरण दिएका छन् । यसअघि नै स्कुलको रकम लामालाई दिएको पाइएपछि एपीएफ स्कुलका कमाण्डेन्ट रामजंग पाण्डे तानिइसकेका छन् ।
काठमाडौं परिसरले गुरुङ र पैसा लिने लामाका बिरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ ।
विद्यालयको करोडौं रकमको हिसाब नभेटिएपछि सशस्त्र मुख्यालयले आन्तरिक छानबिन शुरु गरेको थियो । कानुनका डीआइजी युवराज अर्यालको संयोजकत्वमा छानबिन गर्दा घोटाला घोटाला पुष्टि भएपछि पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिएको थियो । उक्त स्कुल सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्र कोषबाट संचालित छ ।
पाण्डेभन्दा अघिल्ला कमाण्डेन्ट दिग्बिजय सुवेदी(हाल सुदूरपश्चिमका डीआईजी)समेत छानबिनमा तानिने भएका छन् । उनको हस्ताक्षर दुरुपयोग भएको बताएर उम्किन खोजिरहेका छन् । लेखाअधिकृत गुरुङले मात्र ११ करोड रुपैयाँ लामालाई मिटरब्याजमा दिन सक्ने पत्यारिलो आधार नभएकाले डीआईजी सुवेदीका अलावा अघिल्ला लेखाअधिकृत हमालसम्म छानबिनको दायरामा आउनसक्ने स्रोत बताउँछ ।
डीआईजी सुवेदी वासुदेव ओली आईजीपी हुँदा उनका पीए थिए । त्यहीबेलादेखि उनी कमाउधन्दामा लिप्त अधिकृतका रुपमा चिनिन्छन् । २०७७ मा कोरोना महामारीका कारण लकडाउन हुँदा उनले बाराको गणपति हुँदा जगदम्बा स्टील उद्योगका सुलभ र साहिल अग्रवालका उद्योगमा भारतीय मजदुरहरुलाई राति राति नेपालमा भित्रन दिने क्रममा प्रतिमजदुर दररेट तोकेर रकम लिएको आरोप लागेपछि छानबिनमा परेका थिए ।
जगदम्बाका कामदारलाई लकडाउन अवधिमा भारतबाट ल्याउन उनले सघाएका थिए । ३ सय कामदार भातरबाट ल्याउन दिएबापत सुवेदीले प्रतिकामदार १५ सय कमिशन लिएको आरोप लागेको थियो । त्यही आरोपमा उनी जिम्मेवारीबाट हटाइएका थिए । तर सशस्त्र प्रहरी बलका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हिस्सा बुझाएपछि उनी जिम्मेवारीबाट हटाइए पनि केही कारबाहीमा भने परेनन् ।
सशस्त्र प्रहरी बलमा सुवेदी पीआरधारी नभए पनि उनका सबै परिवार अमेरिकामै बसोबास गर्दछन् । निजामतीमा बिदेशी पीआर लिएकाहरुलाई जिम्मेवारीमुक्त गर्ने अभियान सुरु भए पनि सशस्त्रमा भने निर्धक्क जागिर खाइरहेका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend