Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गणेश नेपाली आत्मदाहको छानबिन गर्न घटना छानबिन गर्न सरकाले बनायो न्यायिक समिति


    बुधबार, साउन ६ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले आत्मदाह गरी मृत्यु वरण गरेका गणेश नेपालीको घटना सम्बन्धमा न्यायिक समिति बनाउने निर्णय गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको हो।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त समितिले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ।

    गत असार २५ गते त्रिपुरेश्वरमा आत्मदाह गरेका नेपालीको असार २६ गते उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार