Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाङमा निर्माणाधीन घरको पानीट्यांकीमा दाजुभाई मृत भेटिए


    बुधबार, साउन ६ २०८३
    220
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई वटा शवको भेटिएको छ । उक्त शव दाजुभाईको रहेको पुष्टी भएको प्रहरीले जनाएको छ।

    दाङ प्रहरीले दिएको जानकारी अनुसार शव घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर-९ का कमल गिरी र सोही घर निर्माणमा मिस्त्रीको रुपमाका गर्दै आएका घनश्याम गिरी रहेको छ । प्रहरीका अनुसार उनीहरूको स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर–९,मा बस्दै आएका थिए ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएपी) होमबहादुर पराजुलीका अनुसार मृतकहरू नातामा दाजुभाइ हुन् । उनीहरू एकै घरका दाजु भाइका छोराहरू रहेको बुझिएको छ। कमल निर्माण व्यवसायी ९ठेकेदार० र घनश्याम मिस्त्रीका रूपमा घर ठेक्का लिएर संयुक्त रूपमा काम गर्दै आएका थिए ।

    पानीट्यांकीको फर्मा (सेट्रिङ) निकाल्नका लागि भित्र छिरेका बेला अक्सिजनको कमी भइ निस्सासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार