Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बुधबार ५ हजार ४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, साउन ६ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ५ हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोलाको २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यस्तै, आज ११० रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ पुगेको थियो। केही दिनयता सुन र चाँदी दुवैको भाउ वृद्धि भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार