Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिक्षा र स्वास्थ्यसंगै बिजुलीको पनि कर फिर्ता गर्नुपर्छ: गगन थापा


    मंगलबार, साउन ५ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगन कुमार थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् । उनले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे ।

    सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको गरे ।

    उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे । सभापति थापाले सरकारले बिजुलीको भ्याट जस्ता अन्य अव्यवहारिक कर हटाउनु पर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार