Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ’: अर्थमन्त्री वाग्ले


    मंगलबार, साउन ५ २०८३
    220
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।

    सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति अङ्गीकार गरेको बताए। राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उनको भनाइ छ ।

    अर्थमन्त्री डा. वाग्लेले मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको र यसमा कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारे । विगतका विकृति र विसङ्गतिहरूलाई त्याग्दै कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री डा. वाग्लेले कर्मचारीहरूको कार्यक्षमता र सामर्थ्यका आधारमा उनीहरूलाई थप प्रोत्साहित गर्ने सरकारको योजना रहेको समेत जानकारी दिए ।

    अर्थमन्त्री वाग्लेले भने, ‘एउटा स्पष्ट सोच त आएको छ । एउटा सुशासन । यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरू यसमा वी आर हेल्ड एकाउन्टेबल बाई नेपाली जनता, बाई आवर पार्टी एण्ड बाई आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ । पुराना विकृतिहरू विसंगतिहरुलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरी कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौँ भनेका छौँ ।’

    बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र शासकीय सुधारका लक्ष्यहरू हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आ–आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राख्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार