काठमाडौँ। बारामा सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै ट्रकमा सवार जीतपुर सिमरा उपमहानगरपालिका-८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन् । उनको टाउको, दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। घलेका अनुसार दुर्घटनालगत्तै दुबै घाइतेलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारका क्रममा पासवानको मृत्यु भएको हो।
प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend