सुजन राई र डा. स्वर्णिम वाग्ले
काठमाडौं । नेपालको संविधानले शिक्षा हासिल गर्न र स्वास्थ्य उपचारलाई जनताको मौलिक हकका रुपमा लिपिबद्ध गरेको छ । तर सरकारले जनताका तिनै मौलिक हकमा समेत कर लगाएको छ ।
जेनजी आन्दोलनको जगमा निर्वाचनमा झन्डै दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले शिक्षामा ३ प्रतिशत र स्वास्थ्यमा ५ प्रतिशत भ्याट लगाएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
युवा अधिवक्ता सुजन राई मौलिक हकका रुपमा संविधानमै उल्लेख भएका शिक्षा र स्वास्थ्यमा प्रतिगामी सरकारले मात्र कर लगाउन सक्ने बताउँछन् । राईले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता कुरामा जेसुकै बहानामा कर लगाउँदा पनि प्रत्यक्ष असर गरिब नागरिकलाई नै पर्ने भएकाले यो सरकारले गरिबमारा काम गरेको छ ।
राईले सामाजिक संजालमा लेखेका छन्–‘आम नागरिकको आधारभूत आवश्यकताहरु संविधानमै उल्लेख भएका मौलिक हकहरु (Fundamental Rights) मा कर (Tax) लगाइनु भनेको Regressive State (प्रतिगामी सरकार) हुनु हो । करसमेत Regressive Tax (प्रतिगामी कर) लगाइरहेको छ ।
शिक्षा, स्वास्थ्य, बिजुली जस्ता कुरामा जेसुकै बहानामा कर लगाउँदा पनि प्रत्यक्ष असर गरिब नागरिकलाई नै हो ।
अस्पतालमा बिल तिर्ने बेला होस् वा स्कुलमा फी तिर्ने बेला होस् असर त गरिबलाई नै हो, धनीहरु त अस्पतालको क्याविनमा बसेर दैनिक दशौँ हजार यसअघि नै तिरिरहेकै थिए, स्कुलमा मासिक लाखौं फी तिरिरहेकै थिए, उनीहरुलाई के चिन्ता ?
ब्यक्तिगत आयमा करको दर घटाउँदा वा कर लाग्ने आयको सीमा बढाउँदा उच्च र मध्यम वर्गलाई नै फाइदा हो ।
यस अर्थमा सरकार गरिबमारा नै हो ।
गरिबको चमेली बोल्दिने कोही छैन ।’
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend