Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गयो 


    आइतबार, साउन ३ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।

    भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार