Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • वीर अस्पतालका बारेमा प्रकाशित समाचारप्रति डा. मिश्रको आपत्ति


    आइतबार, साउन ३ २०८३
    280
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालमा कार्यरत चिकित्सक दीपककुमार मिश्रले नेपालफेस डटकममा आइतबार बिहान प्रकाशित समाचारको खण्डन गरेका छन् । डा. मिश्रको खण्डनमा उल्लेख छ–‘उपर्युक्त सम्बन्धमा तपाईं सम्पादक रहेको नेपालफेस डटकमबाट २०८३ साउन ३ गते ‘वीर अस्पतालमा अनधिकृत छायाँ निर्देशकको आतंक, कर्मचारी र ब्यापारी त्रसित’ शीर्षक राखी सम्पेषित समाचारले मेरो गम्भिर ध्यानाकर्षण गराएको छ ।

    वीर अस्पतालजस्तो संघीय अस्पताल प्रशाशनको क्षमतामा समेत प्रश्न उठ्नेगरी मेरो जिम्मेवारी भन्दा बाहिरको विषयलाई जोडेर मलाई एकपटक पनि नसोधी तथ्य र प्रमाण भन्दा बाहिर गएर समाचार सम्प्रेषण भएको बेहोरा जानकारी गराउन चाहन्छु । सम्प्रेषित समाचारमा मलाई अस्पतालमा अधिकारै नभए पनि खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्दैआएको आरोप लगाइएको छ । म एउटा कन्सल्टेन्ट कार्डियोलोजिष्ट हुँ ।

    म सधैं विरामीको सेवामा खटिरहेको र विभागीय जिम्मेवारी पुरा गरिरहेको छु तर एउटा कन्सल्टेन्टको क्षेत्र अधिकार कति हुन्छ ? के मैले अरुको अधिकार हनन गर्न सक्छु ? के एउटा कार्डियोलोजिष्टले वीर प्रशासनलाई नै आतंकित पार्न सक्ला ? कुनै औपचारिक कार्यालयमा अरुको अधिकार हनन गर्न आजको दिनमा सम्भव होला ? यथेष्ट प्रमाण विना नै मसँगमात्र होइन कार्यसम्पादन मुल्याङ्कन गर्ने वीरका नीकायसँग समेत नबुझी एकपछि अर्को आरोप लगाउदै मलाई बदनाम गर्ने उद्देश्यले लेखिएको प्रष्ट देखिन्छ ।

    साथै समाचारमा डा. मिश्र आफ्नो तथा श्रीमतीको नाममा स्वार्थ बाझिने गैरकानुनी स्वास्थ्य संस्था स्थापना, संचालन, संचालक, शेयरधनी छन् भनिएको छ, म के कुरा प्रष्ट पार्न चाहन्छु भने म वीर अस्पतालमा सेवा सुरु गरेको करीब दुई बर्ष मात्र पुग्दैछ । सरकारी सेवाभन्दा अघि म निजी संस्थाहरुमा आवद्ध भएको कुरा जायज हो । तर हाल म स्वार्थ बाझिनेगरी कुनै पनि संस्थामा सेयरधनी या संचालक नभएको बेहोरा जानकारी गराउन चाहन्छु । म अहोरात्र मलाई विभागले दिएको जिम्मेवारी पूरा गर्दै आएको विषय यहाँ स्वयम वीर आएर अनुगमन समेत गर्न सक्नुहुने छ ।

    अस्पतालमा बिरामीको सेवा गर्नुबाहेक खरिद प्रक्रिया र व्यवस्थापकीय पाटो मेरो जिम्मेवारीमा नरहेको विषय स्पष्ट पार्न चाहन्छु । त्यसकारण समाचारमा ममाथि लगाइएका आरोपहरु र मैले बहन गरिरहेको विषय नितान्त मेल खाँदैन । अर्को कुरा मलाई तोकिएको समय र जिम्मेवारी कुशलतापूर्वक निभाउँदा समेत यसरी मनोबल गिराउने किसिमबाट एकतर्फीमात्र समाचार आएकाले तथ्यगत बुझेर मात्र सम्प्रेषण गर्न यहाँसमक्ष अनुरोध गर्दछु ।

    हालसम्म कुनैपनि राज्यका निकायबाट मविरुद्ध उजुरी परेको भनी म समक्ष जानकारी समेत आएको छैन र हालसम्म मैले आर्जन गरेका सम्पतिको स्रोत समेत सरकार समक्ष बुझाइरहेको र राज्यले निर्धारण गरेको कर समेत बुझाइरहेको बेहोरा समेत जानकारी गराउछु । यदि उजुरी परेकै भएपनि राज्यका अनुसन्धान गर्ने निकायले सत्यतथ्य पक्कै निकाल्नेछन् । नेपालफेस जस्तो जिम्मेवार सञ्चार माध्यमबाट समाचार आउनुअघि तथ्य प्रमाण बुझेर मात्र लेखे अझ विश्वसनीयता बढ्ने थियो । यहाँहरु जस्तो जिम्मेवार सञ्चार माध्यबाट आगामी दिनमा यस्ताखाले त्रृटी नहोस भन्ने एउटा शुभेच्छुकको नाताले सुझाव समेत दिन चाहन्छु ।’

    डा. दीपककुमार मिश्र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार