Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मिटर ब्याज पीडितलाई सरकारले फेरि धोका दियो: केपी ओली


    आइतबार, साउन ३ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताएका छन्।

    आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

    ‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन’, ओलीले भने, ‘गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ ।’

    उनले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताए । ‘हामी आइटी क्षेत्रमा पछि परेका छौँ । ज्ञान दुई ढङ्गले प्राप्त गर्न सकिन्छ । एउटा गुरुको माध्यमबाट र अर्को आफ्नो मेहनत’, ओलीले भने,‘विना अभ्यास कुनै चिज पनि प्राप्त गर्न सकिँदैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार